कोइँच सुनुवार समुदायको लिपीमा नेपालबाट प्रकाशित पहिलो मासिक पत्रिका हाम्सो

कोइँच सुनुवार समुदायको लिपीमा पहिलो मासिक पत्रिका हाम्सो प्रकाशित

संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्र्तराष्ट्रिय अदिवासी भाषा दशक (सन् २०२२ देखि २०३२) को पुर्वसन्ध्यामा, विश्व आदिवासी दिवस, अर्थात अगष्ट ९, २०२१ को अवसर पारेर कोइँच सुनुवार समुदायको लिपीमा हाम्सो मासिक पत्रिका प्रकाशित गर्न पाउँदा हामी खुशीले गद्गद भएका छौ । हाम्सोले मौखिक परम्परामा आधरित कोइँच सुनुवारहरुको भाषा, इतिहास, संस्कार, संस्किृतिलाई लेख्य परम्परामा र अझ डिजिटल माध्यममा दस्तावेजीकरणगरी पुस्तान्तरण गर्न मद्धत गर्नेछ भन्ने हाम्रो आशा र विश्वास रहेको छ । 

दोलखाको सुरीखारीमा छालामा खोपिएको अवस्थामा रहेको कोइँच ब्लेअसे अर्थात कोइँचहरुको लिपी, ताप्लेजुङ देखु काउलेका हेम कर्णले सुनुवारले सन् १९४० को दशकमा पुनः छालामा उर्तानु भएको थियो । सोही कोइँच व्लेअसेलाई कर्ण बहादुर जेँःतिचले परिस्किृत गर्दै देशविदेशमा प्रचारप्रसार र प्रर्वद्धन गर्नुभएको थियो । सन् १९९५ मा सिक्किम सरकारबाट प्रान्तिय भाषाको मान्यता पाएपछि जसोतसो पुस्तक, पत्रपत्रिका र लेखरचनाहरु प्रकाशित हुदै आएको थियो । अहिले हामीले कोइँच लिपीलाई परिस्किृत र पुर्णता दिनका लागि कोइँचहरुले बोल्ने सबै ध्वनीलाई हुबहुरुपमा लेख्न सकियोस भनेर युनिकोट बनाउने प्रक्रियामा रहेको हुँदा हाम्सोलाई कोइँच व्लेअसेमा प्रकाशित गर्ने शुरुआत गरेका छौ । 

कोइँच सुनुवारहरुको लिपीको साक्षरता दर प्राय शुन्य रहेको अवस्थामा विशुद्ध आफ्नै मौलिक लिपीमा मासिक पत्रिका प्रकाशित गर्ने मुर्खतापूर्ण काम हामीले शुरु गरेपनि हाम्सोको कोइँच सुनुवार समुदायप्रतिको यो निस्र्वाथ अभियानले कोइँच सुनुवारहरुलाई नेपालका ५९ आदिवासी जनजातिहरुविचमा अनुकरणीय काम गर्ने अग्रणी समुदायको रुपमा उभ्याउने छ । र हामी छिट्टै इच्छुक र भाषाप्रेमी कोइँच सुनुवारहरुको सम्पूर्ण प्रतिनिधिहरुलाई आफ्नो लिपीमा पुर्ण साक्षर बनाउने अभियानमा लाग्ने जानकारी समेत अवगत गराउन चहान्छौ ।  तसर्थ हाम्सो सन् २०११ को तथ्याङक अनुसार ५५,७१२ जनसंख्या रहेको कोइँच सुनुवारहरुको विशुद्ध आफनै लिपीमा प्रकाशित पहिलो मासिक पत्रिका हाम्सोले इतिहास रच्नेमात्र होइन कोइँच सुनुवार आदिवासी समुदायको मौलिक पहिचान जोगाउन समेत सहयोग पुराउने हामीले विश्वास लिएका छौ । अन्तमा सवै तह र तप्काबाट हातेमालो गरेर हाम्सोको यो अभियानमा सवैजना जोडिनु हुन्छ भन्नेमा हामी ढुक्क छौ । यहाँ हाम्सो मासिकको सवै अंक सवैलाई कालन्तरसम्म सहज पहुँच बनाउन संग्रहीत गरेका छौ । 

  1. हाम्सो मासिक पत्रिका पहिलो अंक साउन २०७८ (First edition of monthly magazine in Sunuwar script 'Hamso' July 2021 
  2. हाम्सो मासिक पत्रिका दोस्रो अंक भदौ २०७८ (Second edition of monthly magazine in Sunuwar script 'Hamso' August 2021 
  3. हाम्सो मासिक पत्रिका तेस्रो अंक असोज २०७८ (Third edition of monthly magazine in Sunuwar script 'Hamso' September 2021 
  4. हाम्सो मासिक पत्रिका चौथो  अंक कार्तिक २०७८ (Fourth edition of Monthly Magazine in Sunuwar script 'Hamso' October 2021