नेपाली मिडियाको सामाग्रीमा साम्प्रादायिक तस्विर

नेपाली मिडियाको सामाग्रीमा साम्प्रादायिक तस्विर

- देब कुमार सुनुवार  


वि.सं. २०६८ जेठ ७ देखि ९ गतेसम्मको पहिलो दिन मिडियामाथि आन्दोलनकारीले आक्रमण गरेको देखियो । दोस्रो र तेस्रोदिनपनि फरक देखिएन । यो हुनुको कारण मूलधारका मिडियाहरुले आदिवासी जनजातिहरुको मुद्धा नसमेटेकोले आदिवासी जनजातिहरुको असन्तुष्टी जाहेर गरेको भनेर चित्रित गरियो । 

सैदान्तिक रुपमा सिद्धान्तकार एलिजाबेथ नोएल–न्यूमानले सन् १९८४ मा प्रतिपादन गरेका मिडियाको सिद्धान्त, द स्पाईरल थेयरीको अनुसार मिडियाले प्रभुत्वशाली वर्गको विचारलाई प्राथमिकता दिदै जान्छ, ताकि अल्पसंख्यक वर्गहरु आफ्नो विचार दबाएर मौन रहँदै जान्छन् र मिडियोले त्यो हुन प्रेरित गर्दछ । तसर्थ समाजमा एक खालको विचारले मात्र प्रश्रय पाउँछ । एकदिन अवस्था यस्तो आउँछ कि दबिएकाहरुको पनि आफ्नो विचारहरु प्रकट गर्न थाल्छन् र अन्ततस् त्यसले चकित अवस्था समेत सिर्जना गर्दछ । पछिल्लो घटना यो सिद्धान्तसँग मेल खाएको देखिन्छ । यसलाई थप प्रस्टाएको छ, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको भनाईले । गाउँलेले प्रेस काउन्सिल नेपालको प्रकाशन संहिताको २०६८ असोज अंकमा भनेका छन्, “आमसञ्चार माध्यमहरुमा धेरैजसो राजनीतिक समचारले प्राथमिकता पाउँछन् । मूलधारका मिडियामा सबैजसो समचारको स्रोत पुरुष हुन्छन्, त्यो पनि बाहुन या क्षेत्री । 

इक्वेल एक्सेस इन्टरनेशनल र वाच नेपालले गरेका समचारको स्रोतसम्बन्धी गरेको अध्ययानलाई उद्धृत गर्दै उहाँले सो कुरा व्यक्त गनुभएको हो । १४ वटा मूलधार भनिने संचारमाध्यममा १८ जेठदेखि २४ जेठ २०६८ सम्म प्रकाशित र प्रशारित समचार र कार्यक्रम सामाग्री स्रोतको बारेमा गरिएको सो अध्ययानले नेपाली मिडिया पहाडे बाहुनहरुको कब्जामा भएको र तिनीहरुले उत्पादन गर्ने सामाग्रीहरु साम्प्रादायिक भएको तस्विर देखाएको छ । 

१४ वटा मूलधार भनिने संचारमाध्यममा प्रकाशित र प्रशारित समचार र कार्यक्रम सामाग्री स्रोतको बारेमा गरिएको अध्ययानले नेपाली मिडिया पहाडे बाहुनहरुको कब्जामा भएको र तिनीहरुले उत्पादन गर्ने सामाग्रीहरु साम्प्रादायिक भएको तस्विर देखाएको छ । 

अध्ययानको अवधिभर प्रकाशित र प्रसारित जम्मा १,१७३ समचारहरुका समेटिएका थिए भने अध्ययानले खासगरी ती समचारको स्रोत को थिए भन्नेमा केन्द्रीत थियो । यसरी हेर्दा, सो अध्ययानमा प्रकाशित र प्रशारित समाचार र कार्यक्रमहरुमध्ये अर्थात ६४ प्रतिशत स्रोत अर्थात ७४७ जना बाहुन वा क्षेत्री थिए भने त्यसपछिको १८ प्रतिशत अर्थात २२२ समाचारका स्रोत आदिवासी जनजाति थिए र बाँकी १८ प्रतिशत अर्थात २०४ समचारका स्रोत अन्य जातिहरु थिए । समाचारका स्रोत अन्यको प्रयोगको दृष्टिले नेपालका मूलधारका मिडियामा पुरुष बाहुन वा क्षेत्रीले धेरै स्थान पाएका देखाएको छ  । यस अध्ययानले समाजको निश्चित तहमा असन्तुष्टि कायम हुनु स्वाभाविक नै थियो भन्ने देखाउँछ । 

यसका कारण पनि छन्ः नेतृत्वलगायत सम्पुर्ण सञ्चालनमा एउटा निश्चित वर्ग र जातिको कब्जा छ । जसले एउटा जाति र वर्गको मात्र वकालत गर्छ, एउटै संस्कृतिलाई मात्र साझा सम्झन्छ, एउटा जाति र वर्गको मात्र प्रतिनिधित्व गर्छ । र अर्को जातिलाई विरोधीका रुपमा चित्रित गर्छ । यो अझ छर्लङग भएको थियो संविधानसमाको चारवर्षे कार्यकाल जेठ १४ आउनै लाग्दा जातीय पहिचानसहितको राज्य पुर्नसंरचना हुनुपर्ने माग राखी नेपाल आदिवासी जनजाति महासंघले घोषणा गरेको तिनदिने नेपाल बन्दका क्रममा नेपाली मिडियाले आदिवासीको पहिचानको आन्दोलनलाई नामेट पार्ने गरि अभियान कै रुपमा मिडियाहरुमाथि भएको आक्रमणको प्रतिरोधको खिलाफमा भन्दै मिडियाले चलाएको प्रचारबाजीले । 

२०४६ सालको परिवर्तनपछि नेपालमा मिडियाको भेल्युम (आयतन) र क्षमता दुवै बढेको छ । साथै मिडियाले समाजमा राम्रोस्थान ओगट्न पनि सफल भएको छ । मिडियाले यसरी सफलता पाउनुको मुख्य कारण यसको महत्वले गर्दा हो । हाम्रो समाजमा मिडियाको महत्व कति छ? भनेर गम्ने हो भने, उदाहरणको लागि हेरौं, कुनै एक विज्ञले अनुसन्धान गरि समाजलाई उलटपुलट बनाउने तथ्य पत्ता लगायो तर मिडियाले त्यो तथ्य प्रचारप्रसार गरिदिएन भने त्यो तथ्य बाहिर आउँदैन । तसर्थ समाजले सबैखाले घटना, सूचना र गतिविधिहरु थाहा पाउने माध्यम भनेको मिडिया नै हो । मिडियाको भूमिका र महत्वको बारेमा यो भन्दा बढी प्रष्टाउनुनपर्ला । 

हाम्रो जस्तो बहुबादी नेपाली समाजमा त झन् मिडियाको भूमिका अझ बढी छ । किनभने मिडियाले नै समाजका विभिन्न लिङग, जात, भाषा, धर्म र समुदायबीचको राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय भूमिका खेल्दछ । तर नेपाली मिडियाको चरित्रलाई हेर्ने हो भने सामाजिक विविधता आत्मसात गर्न नसकेको प्रष्ट देखिन्छ । 

हाम्रो जस्तो बहुबादी नेपाली समाजमा त झन् मिडियाको भूमिका अझ बढी छ । किनभने मिडियाले नै समाजका विभिन्न लिङग, जात, भाषा, धर्म र समुदायबीचको राजनीतिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय भूमिका खेल्दछ । तर नेपाली मिडियाको चरित्रलाई हेर्ने हो भने सामाजिक विविधता आत्मसात गर्न नसकेको प्रष्ट देखिन्छ । 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखिले प्रेस विज्ञप्ति जारी गरी बैशाख ७ देखि ९ गतेसम्म महासंघले आयोजना गरेको नेपाल बन्दको कार्यक्रममा भिजिलान्तेहरुको घुसपैठ भएको प्रष्ट पारेका थिए । तर राजधानीमा आयोजीत साक्षत्कार कार्यक्रममा महासंघका महासचिव आङकाजी शेर्पाले सुदूरपश्चिम अखण्डको नाममा बाहुन, क्षेत्री दशनामीहरुले करीव त्यो मितिसम्ममा २० दिनभन्दा बढी तराई, कैलाली कञ्चनपुर, पूर्वाञ्चललगायतका ठाउँहरु ठप्प पारी नेपाल बन्द हड्तालको विरोधमा केही नबोल्ने तर आदिवासी जनजातिहरुले आयोजना गरेको नेपालबन्दको कार्यक्रमको पहिलो दिनमै प्रतिकार र्याली निकाल्ने? यदी हो भने यो आदिवासीको अधिकारको आन्दोलन विरुद्ध गरिएको हो यसको विरोधमा हामी कडा रुपमा प्रस्तुत हुन्छौ, भनी तर्क दिँदा समचार संकलनका लागि सो कार्यक्रममा पुगेका पत्रकारहरु आफ्नो पेशागत मर्यादा र आचारणभन्दा बाहिर गई भनाभन गर्न पुगे । अन्ततः सोही भनाभन भएको अवस्थालाई जोडेर नेपाली मिडियाले ससाना घटनालाई समेत खोजी खोजी नकरात्मक रुपमा प्रस्तुत गरे भने मिडियामाथि त्यस्तो दुव्र्यवहार त्यो भन्दा अगाडि कहिल्यै नभएको भन्दै नेपाली पत्रकारितामा कालो दिनको रुपमा रहेको भनि घोषणा समेत गरे । के यस्ता मिडियामाथि आक्रमण, पत्रकारमाथि दुव्र्यवहार नेपाल आदिवासी जनजाति महासंघले बन्द आयोजना गर्नुअघि बाहुन, क्षेत्री, दशनामीहरुले गरेका बन्द हड्तालहरुमा भएका थिएनन् र ? भएका छन् तर मिडियाले खोजी खोजी बाहिर ल्याएनन् र चर्चा गरेनन् । तर त्यस्तो घटना हुनको लागि उद्धृत गरेनन् । 

हाम्रो सामु २०६२।६३ को जनआन्दोलन आलै छ । त्यो आन्दोलन सफल हुनमा मिडियाको पनि हात रहेको दाबी गरिन्छ । त्यसैले मिडियालई आठौं दलका रुपमा तत्कालीन सरकाले पनि आरोप लगाएका थिए । र केही बुद्धिजीविले पनि यसलाई दोहोराएका छन् ।

हाम्रो सामु २०६२।६३ को जनआन्दोलन आलै छ । त्यो आन्दोलन सफल हुनमा मिडियाको पनि हात रहेको दाबी गरिन्छ । त्यसैले मिडियालई आठौं दलका रुपमा तत्कालीन सरकाले पनि आरोप लगाएका थिए । र केही बुद्धिजीविले पनि यसलाई दोहोराएका छन् ।

 यो कुराले प्रष्ट पार्दछ कि जेठ ३ गते नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहूर्निप)ले जारी गरेको प्रेस विज्ञप्ती अनुसार जारु आदिवासी समुदायले २०६९ साल बैशाख २९ गते धनगढी बजारमा आयोजना गरेको थारुवान, थारुहट प्रदेशको बृहत आमसभामा आएका सर्वसाधरणलाई सांघतिक आक्रमण गरी ३५ जनालाई घाइते बनाए । तीमध्ये ७ जनाको स्थिती गम्भीर भएकाले स्थानीय अस्पतालमा उपचार हुन नसकी काठमाडौंमा हेलीकोप्टरबाट ल्याउन दिइएन । त्यसपछि नेपालगञ्ज अस्पतालमा विरामीहरुको उपचार भयो । आमसभामा सहभागी हुन आउँदै गरेको २ वटा ट्रयाक्टर तथा सयौं साईकलहरु जलाइयो । आमसभास्थल ७५ हजार जनसमुदाय अटाउने भएकोले सहभागीहरु स्थान परिवर्तन गर्दैगर्दा प्रहरीले भीडमा विना चेतावनी एक्कासी अश्रु ग्याँस प्रहार गरी सभा विथोल्ने नियतले भागदौड मच्याइ सर्वसाधरणलाई आतंकित बनाएको थियो । 

त्यसो त सभा सकेर सेती अञ्चल अस्पतालमा घाइते हेर्न जाँदै गरेका नेता लक्ष्मण थारु त्था सर्वसाधरणलाई प्रहरी तथा अखण्ड सुदूर पश्चिमका सर्मथकहरुले लाठी तथा बोतलले सांघतिक आक्रमण गरी ५ जनालाई गम्भीर घाइते बनाएको सञ्चारमाध्यममा आएको थियो  नेपाल आदिवासी जनजाति महासंघको कैलालीस्थित कार्यालयमा ढुंङगामुढा गरियो । जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, आदिवासी जनजाति आन्दोलनका अगुवा डा.कृष्ण भ्टटचन, डा. ओम गुरुङ, नन्द कन्दङवा लाहुर्निपका उपाध्यक्ष दिनेश घले, सचिव शंकर लिम्बु र कोषध्यक्ष भिम राई बसिरहेका होटलमासमेत ढुङ्गामुढा गरियो । विज्ञप्तीमा भनिएको छ, “प्रहरीको उपस्थितिमा अखण्ड सुदूर पश्चिमका मानिसहरुले अपमानजनक ढंगले झोला तथा कोठा खानतलासी लिए । बैशाख ३० गते पनि आदिवासी जनजातिहरुको घरघर पसी आक्रमण गर्ने काम भयो र विभिन्न ठाउँबाट मानिसहरु लिइ विद्यार्थीसमेत गरी १० जनालाई घाइते बनाईयो ।”

आदिवासी जनजाति पत्रकार र आदिवासी जनजातिमाथि भएको यो ओझेलमा परेको पछल्लो घटना केही उदाहरण मात्र हो । यस्ता धेरै घटनाहरु भएका छन्, तर मूलधारका भनिने मिडियाले बाहिर ल्याउँदैनन् । त्यसैले आम जनताले थाहा पाउँदैनन् र पाएनन् । तसर्थ नेपाली मिडियाले आफ्नो मर्म र धर्मलाई बिर्सेर एउटैमात्र जाति र वर्गको मात्र वकालत गर्छ र अर्कालाई विर्सन्छ भने यस्तो मिडियाले समाजमा द्धेष सिर्जना गर्नेमा दुईमत छैन् । 

कैलालीका पत्रकार गणेश चौधरीका अनुसार सुदूर पश्चिम अखण्डको नाममा जातीय पहिचानसहितको राज्यको विरोधमा भएको आन्दोलनमा कैलाली र कञ्चनपुर जिल्लाका थारु आदिवासी जनजाति पत्रकारहरु एकदम तनाव र असुरक्षाबीच काम गर्नुपरयो । पत्रकार चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा थारु भएकोले यिनीहरुले आफ्नो समचार लेख्दैनन् भन्ने माइन्डसेटले धम्काउने काम गरेको बताउनुभयो । चौधरी जस्तै अन्य थारु प्त्रकारहरुले पनि यस्तै अवस्था भोगे तर यो कुरा चाही चर्चामा आएनन् । 

नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) ले बैशाख ३१ गते अनामनगरस्थित तमू बौद्धमा आयोजना गरेको पहिचानसहितको संघियताका लागि सञ्चारमाध्यमको भूमिका नामक अन्र्तक्रियात्मक कार्यक्रममा अनुभव बाँड्दै एबीसी टेलिभिजनका समाचार प्रमुख डण्ड गुरुङले धनगढी बजारमा आयोजना गरिएको थारुवान, थारुहट प्रदेशको बृहत आमसभामा प्रत्यक्ष प्रशारण गर्न लगिएको सवै सामानहरु तोडफोड गरियो र प्रत्यक्ष प्रशारण गर्न दिइएन । र कार्यक्रम रेकर्डगरी एबीसी टेलिभिजनमा काठमाडौं फर्केपछि प्रशारण गर्दासमेत बाहुन, क्षेत्री, दशनामी र अखण्ड सुदूर पश्चिम पक्षधरहरुले एबीसी टेलिभिजनको सुन्धारास्थित कार्यालयको पहिलोतलाको सटरमा आगो लगाउने प्रयास गरे । तर यो कुरा मिडियामा खासै चर्चामा आएनन् । 

आदिवासी जनजाति पत्रकार र आदिवासी जनजातिमाथि भएको यो ओझेलमा परेको पछल्लो घटना केही उदाहरण मात्र हो । यस्ता धेरै घटनाहरु भएका छन्, तर मूलधारका भनिने मिडियाले बाहिर ल्याउँदैनन् । त्यसैले आम जनताले थाहा पाउँदैनन् र पाएनन् । तसर्थ नेपाली मिडियाले आफ्नो मर्म र धर्मलाई बिर्सेर एउटैमात्र जाति र वर्गको मात्र वकालत गर्छ र अर्कालाई विर्सन्छ भने यस्तो मिडियाले समाजमा द्धेष सिर्जना गर्नेमा दुईमत छैन् । 

यो लेख सुनुवार सेवा समाजको प्रकाशन कोइँच बु को २०६९ साल जेठको अंकमा प्रकाशित भएको थियो । समय सान्र्दभिक भएको कारण पुनः प्रकाशन गरिएको हो ।